आफ्नो पक्षमा लहर ल्याउन स्याङ्जा कांग्रेसले खटायो ९७ वडामा प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेस स्याङ्जाले ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान अन्तर्गत जिल्लाभित्रका वडाहरुमा प्रतिनिधि खटाएको छ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति स्याङ्जाले स्याङ्जा जिल्ला अन्तर्गतका ९७ वटै वडाहरुमा एक जना संयोजकसहित ५–५ जना प्रतिनिधि खटाएको हो । अब उक्त संयोजकहरु सहितको टोलीले वडा वडामा गएर वडा टोल गठन गर्ने, विगतका सरकारले गरेको भ्रष्टाचारको भण्डाफोर गर्ने, एमसिसीका बारेमा जनतामा रहेको भ्रम चिर्ने र प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गर्ने जिल्ला सभापति राजु थापाले नयाँपुस्तालाई जानकारी दिए ।

Advertisement

यसका साथै स्थानीय निर्वाचनमा कांग्रेसको पक्षमा जनलहर सिर्जना गर्नका लागि लक्षित कार्यक्रमहरु समेत सञ्चालन गर्ने थापाले जानकारी दिए । यसरी खटाईएको टोलीमा जिल्ला कार्यसमितिका सदस्य, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, प्रदेश महाधिवेशन प्रतिनिधि, भ्रातृ संस्थाका नेता तथा जिल्लामा सक्रिय नेताहरु समेटिएका छन्।

वडा–वडामा खटाइएका ९७ वडा संयोजकहरूलाई केन्द्रीय सदस्य एवं केन्द्रीय प्रतिनिधि प्रदिप पौडेलले पुतलीबजार स्थित कांग्रेस स्याङ्जाको पार्टी कार्यालयमा अभिमुखीकरण तालिम समेत दिएका छन् ।

वडा तहमा खटिएका प्रतिनिधिहरूलाई टिकट वितरण बाहेक सम्पूर्ण अधिकार दिइएको छ।

More News last news
Loading...