आज नेपालमा थप ६ सय ८० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्ला केही दिनदेखि नेपालमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । सङ्क्रमितको सङ्ख्यासँगै सङ्क्रमणबाट ज्यान गुमाउनेहरूको सङ्ख्या समेत घटिरहेको छ।

स्वास्थ्य मन्त्रालयले मङ्गलवार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ६ सय ८० जनामा सङ्क्रमण देखिएको छ। कोरोना सङ्क्रमणबाट दुई जनाले ज्यान गुमाएका छन्।

Advertisement

यो बिचमा ७ हजार ९५ नमुना परीक्षण भएको थियो। परीक्षणको सङ्ख्याले परीक्षण गर्नेहरू समेत घटेको देखिन्छ। परिक्षणकोक्रम घटेकाले सङ्क्रमितको सङ्ख्या घटेको हो या सङ्क्रमण फैलने क्रम रोकिन थालेको हो सो भने मन्त्रालयले खुलाउन सकेको छैन।

मन्त्रालयका अनुसार मङ्गलवार थप १ हजार ८ सय ३५ जना कोरोनाको सङ्क्रमणबाट मुक्त भए। हालसम्म नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ४२ हजार ७ सय ३७ पुगेको छ।

हाल कोरोना सक्रिय सङ्क्रमितको सङ्ख्या १९ हजार चार सय रहेको छ। त्यसमा १ सय ७४ जना आइसियुमा छन् भने ३३ जना भेन्टिलेटरमा छन्।

More News last news
Loading...