स्थानीय तहको निर्वाचन रोक्न गठबन्धनकै दलबाट प्रयास भइरहेको छ: एमाले उपाध्यक्ष पौडेल

मोहम्मद हबिब/भैरहवा l नेकपा (एमाले) उपाध्यक्ष विष्णु पौडेलले जनताले सरकारकाे अनुभुति नै गर्न नपाएकाे टिप्पणी गरेका छन् ।

एमाले रुपन्देहीले धकधईमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पूर्वउपप्रधानमन्त्री पौडेलले साढे ३ वर्ष केपी ओलीको सरकार रहँदा जनताले सरकारकाे अनुभुति गरे पनि तर अहिलेकाे सरकार छ-छैन भनेर जनताले अनुभुति नै गर्न नपाएकाे बताए ।

Advertisement

‘गठबन्धन सरकार सम्पूर्ण रुपमा असफल छ, यो सरकारले न त विकास गर्न सकेको छ, न त शान्ति सुरक्षा दिन,’ उनले भने ।

सरकारले देशलाई आर्थिक संकटमा पुर्‍याएकाे दाबी गर्दै उनले भने – ‘देशमा विदेशी मुद्राको संचिति सकिएको छ, महँगी बढेकाे छ । पुजीगत खर्च हुन सकेकाे छैन ।’

स्थानीय तहको निर्वाचन हुन नदिन गठबन्धनकै दलहरुले कोसिस गरिरहेकाे उनले बताए । ‘यो निर्वाचन रोक्न र छेक्न भित्रबाट अनेक कोसिस अझै पनि भइरहेको बताउँदै नेता पौडेलले कुनै पनि बहानामा निर्वाचन रोक्ने नदिइने बताए ।

More News last news
Loading...