काठमाडौँ । निर्वाचन आयोगले फागुन १ गतेबाट दैनिक पत्रकार सम्मेलनको आयोजना गरी निर्वाचन सम्बन्धि जानकारी दिने भएको छ।
आयोगले आज एक विज्ञिप्ती जारी गर्दै फागुन १ गतेबाट हरेक दिन अपरान्ह ४ बजे आयोगको मिडिया सेन्टरमा पत्रकार सम्मेलन गर्ने जानकारी दिएको हो ।
सरकारले २०७९ वैशाख ३० गते एकैचरणमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेपछि आयोगले निर्वाचन सम्बन्धी गतिविधि जानकारी गराउने उदेश्यले दैनिक पत्रकार सम्मेलन गर्ने बताएको हो। पत्रकार सम्मेलन आयोगका प्रवत्ता तथा सहायक प्रवत्ताले गर्नेछन् ।
जनमत पार्टीको चेतावनी : सिके राउत नेतृत्वको जनमत पार्टीले आफूले राखेको माग पूरा नभए त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी दिएको छ।
जनमत पार्टीले किसानको आन्दोलनका क्रममा सरकारले दमन गरेको, धेरै किसाष्न घाइते भएको, पक्राउ परेको भन्दै सरकारी दमनको विरोध गरेको छ । जनमत पार्टीले शुक्रबार सरकारलाई आफ्ना माग बुझाउँदै चाँडो किसानको समस्या समाधान गर्न आग्रह गरेको छ ।
जनमत पार्टीले किसानको माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने, समयमा मलखाद र बीउको व्यवस्थाको सुनिश्चितता गर्नुपर्ने, उखु किसानको बाँकी बक्यौता भुक्तानी गर्नुपर्ने, किसानमाथि दमन बन्द गरी झुटा मुद्दा खारेज गर्नुपर्नेलगायतका ११ बुँदे माग सरकारलाई बुझाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
