बेलायतले २१ लाख डोज कोरोना खोप नेपाल पठाउँदै, ८ लाख आज आइपुग्यो

काठमाडौँ । बेलायतले नेपाललाई पठाउन लागेको २१ लाख डोज कोरोना खोपमध्ये ८ लाख डोज आज काठमाडौँ आइपुगेको छ।

नेपालको लागि बेलायतकी राजदूत निकोला पोलिटले सामाजिक सञ्जाल ट्वीटर मार्फत यो जानकारी दिएकी हुन्। ‘बेलायतले नेपाललाई २१ लाखभन्दा बढी एस्ट्राजेनेका कोभिड-१९ खोप पठाउँदै छ।

Advertisement

आज बिहान एयरपोर्टमा यी मध्ये ८ लाख डोज प्राप्त गर्न पाउँदा खुसी लागेको छ,’ राजदूत पोलिटले ट्वीटर मार्फत भनेकी छन्, ‘खोपले काम गर्छ।’

बाँकी खोपहरु केही दिनभित्रै काठमाडौँ आइपुग्ने जनाइएको छ। ‘यस महत्वपूर्ण समयमा आफ्ना जनताको सुरक्षा गर्न नेपाललाई सहयोग गर्न पाउँदा बेलायत खुसी छ,’ उनले भनेकी छन्।

बेलायतले नेपाललाई अहिले खोप आवश्यक रहेको भन्दै यस्तो सहयोग गर्न लागेको हो । यसअघि नेपालले डब्लूएचओको कोभ्याक्स कार्यक्रम अन्तर्गत ३ लाख ४८ हजार डोज खोप प्राप्त गरेको थियो । त्यसमा केही अंश बेलायतको सहयोग थियो ।

More News last news
Loading...