देशभर २४ घण्टामा थपिए १७१४ कोरोना संक्रमित, थप ९ को ज्यान गयो

काठमाडौं l नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८ हजार ५ सय १३ स्वाब परीक्षण गर्दा १ हजार ७ सय १४ संक्रमित थपिएका हुन्।

शुक्रबार ११ हजार ७३ जनाको स्वाब परीक्षण गर्दा दुई हजार ५ सय २६ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट नौ जनाले ज्यान गुमाएका छन् ।

Advertisement

र, सोही अवधिमा ४ हजार ७ सय ७१ जना संक्रमण मुक्त भएका छन् । आज थपिएकासँगै देशभर ५२ हजार ७ सय ८० जना सक्रिय संक्रमित रहेका छन् ।

प्युठान दुर्घटनामा ८ काे मृत्यु

प्युठानमा बेहुली लिएर फर्कँदै गरेकाे जन्ती जीप दुर्घटना हुँदा ज्यान गुमाउनेकाे संख्या ८ पुगेकाे छ । नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप शनिबार बिहान बजे दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी देवीप्रसाद गैह्रेका अनुसार दुर्घटनामा ६ जनाकाे घटनास्थल र दुई जनाकाे विजुवार जिल्ला अस्पतालमा उपचारकाे क्रममा ज्यान गएकाे हाे ।

More News last news
Loading...