काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका नेता कार्यकर्तालाई धमाधम तान्न थालेका छन् ।
उनले आफै तथा आफ्ना विश्वासपात्रहरुमार्फत् एमालेका नेता कार्यकर्तालाई सम्पर्क गरी तान्न थालेका हुन्। नेपालले आज नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य श्यामकृष्ण सिलवाललाई नेकपा एसमा भित्राएका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा नेपालले सिलवाललाई खादा ओढाएर पार्टीमा भित्राएका हुन् । सिलवाल एमालेका पुराना नेता हुन् ।
उनी ललितपुर जिल्ला कमिटीका पूर्व उपाध्यक्ष पनि हुन् । सिलवाल पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्ट थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
