भिजिट भिसामा खाडी र मलेसिया जान रोक, भोलिदेखि काठमाडौँका सबै संग्रहालय बन्द

काठमाडौँ । सरकारले भिजिट भिसामा खाडी देश र मलेसिया जान रोक लगाएको छ ।

कोरोना भाइरसको सङ्क्रमण बढेपछि भिजिट भिसामा खाडी देश र मलेसिया पुगेर अलपत्र गर्ने गरेको गुनासो बढेको भन्दै गृह मन्त्रालयले माघ १० गतेदखि भिजिट भिसामा खाडी देश र मलेसिया जान रोक लगाएको हो ।

Advertisement

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति निकालेर तत्कालका लागि खाडी देश जान रोक लगाएको जानकारी गराउनुभएको छ । भिजिट भिसाको दुरुपयोग गरी धेरैजसो श्रमिक पनि खाडीका देश जाने गरेको गुनासो पनि बढिरहेको छ।

काठमाण्डौ उपत्यकाका सबै संग्रहालय भोलिदेखि बन्द

काठमाडौँ उपत्यकामा रहेका सबै संग्रहालयहरु भोलिदेखि बन्द गरिने भएका छन् । उपत्यकाका तीन वटै (भक्तपुर, ललितपुर, काठमाण्डाै) जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार सबै संग्रहालयहरुले अनिश्चितकालका लागि बन्द गरिएको सूचना जारी गरेका छन् ।

काठमाण्डौ उपत्यकामा सरकारी निकायबाट छाउनीमा नेपाली सेनाको सहित चारवटा संग्रहालयसँगै मल्लकालीन दरबार क्षेत्रका तीन, स्वयम्भू, नारायणहिटी लगायत संग्रहालयहरु छन् ।

More News last news
Loading...