काठमडौँ । नेपालमा पछिल्लो २४ घन्टामा १० हजार सात सय तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । २३ हजार ९२ जनाको परीक्षण गर्दा सो संख्या थप भएका हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार यस अवधिमा सात सय ६६ जना संक्रमणमुक्त भएका छन् । तीनजनाको मृत्यु भएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ६५ हजार तीन सय ७४ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ भने ७६६ जना निको भएका छन् । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १० लाख ६ हजार ५९१ पुगेको छ ।
योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ६३५ पुगेको छ भने ८ लाख १९ हजार ५७५ जना संक्रमणमुक्त भएका छन् ।मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६५ हजार ३७४ जना रहेका छन् ।
जसमध्ये ६३ हजार ७३४ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ६४० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १९४ जना आईसीयू र ३५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका १५३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ५२३ जना कोरोना संक्रमित थपिएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
