काठमाडौँ । आज नेपालमा कोरोना भाइरसका ५ हजार ८७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ४५ हजार ५०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, आज ३०६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख १५ हजार ६ सय ५३ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा २० हजार ५ सय ६० जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो।
५ सयबढी सक्रिय संक्रमित हुने जिल्ला ६ पुग्यो
काठमाडौं । नेपालमा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै जाँदा संक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको संख्या पनि बढ्न थालेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार शुक्रबार सक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको सूचीमा सुनसरी थपिएको छ । सुनसरी थपिएसँगै सक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको संख्या ६ पुगेको छ ।
न्त्रालयको तथ्यांक अनुसार ५ सयभन्दा बढी सक्रिय संक्रमित हुने जिल्लामा उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरसहित मोरङ, कास्की र सुनसरी हुन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
