नेपालमा विजुली गतिमा फैलियो कोरोना, आज झण्डै दोब्बर संक्रमित थपिए

काठमाडौँ । नेपालमा कोरोना संक्रमण दर विजुली गतिमा फैलिएको छ। पछिल्लो २४ घण्टामा थप २ हजार ४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १० हजार ६४८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९ ८१ जना र ४ हजार ३८५ जनाको पीसीआर गर्दा ४६३ जना गरी २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

Advertisement

योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ९ हजार ५२२ पुगेको छ। यही अवधिमा थप ३१३ जना निको पनि भएका छन् ।

सोमबार १४ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार पछिल्लो २४ घण्टामा ११ हजार चार सय २९ जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको थियो।

हालसम्म देशमा कूल सङ्क्रमितमध्ये ८ लाख १४ हजार ७९८ जना सङ्क्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । हालसम्म देशमा ११ हजार ६०७ जनाले ज्यान गुमाइसकेका छन्।

More News last news
Loading...