स्वामित्व र सामन्ती : विकृत अनि आत्मघाती सोच !

स्वयम्भुनाथ कार्की l उत्पादनको सबैभन्दा पहिलो र दिगो माध्यम हो प्रकृति, जसले पञ्चमहाभूतको उपयोग गरेर उत्पादन गर्दछ । यही उत्पादन नै अनेक प्राणीले आफ्नो प्रयत्नले वर्कतले क्षमताले रूप परिवर्तन गरेर अपूm अनुकूल बनाउँछ । यही नै यो पृथ्वीको हरेक जीवको प्राण धान्ने आधार बनेको हुन्छ । विज्ञानले एक कोषीय किटाणु बेक्टरिया जीवको सबैभन्दा तल्लो खुड्किलो भन्छ । त्यसभन्दा तल जीव र जडको सेतुको रूपमा भाइरस जीवाणुको रूपमा परिभाषित छ । यही जीवाणुको श्रेणीसम्मले प्रकृतिको उत्पाद परिवर्तित गरेर वा नगरी प्रयोग गर्दछ ।

मानव जीवको यो श्रेणीमा सबैभन्दा उन्नत मानिएको छ । सबैभन्दा उन्नत भएकाले नै प्रकृतिको उपयोग वा दुरुपयोग गरेर आपूm अनुकूल बनाउँछ । यही काममा मानव आपूm उपयोगी वस्तुहरू ज्यादा जसो जमिनबाट पैदा गर्दछ र यो पैदा गर्ने काम नै कृषि हो । केही र्पैदावारहरू जलाशय, सागर, महासागर आदिबाट लिए जमिनको पैदावर बेगर मानवको जीवन कायम राख्न असम्भव प्रायः छ । किनभने ज्यादातर जनधनत्व सागर महासागरभन्दा जमिनको नजिक छ । त्यसैले उत्पादनमा स्थायित्वको निमित्त आपूmले प्रयोग गरेको भूमिको प्रयोगको अधिकार अवधारणा जन्मियो । यो अवधारणामा आपूmले चर्चेको भूमि आफ्नो स्वामित्व भएको मानियो ।

Advertisement

कृषि पेशा सबैभन्दा आदिम पेशा हो । विकासवादको सिद्धान्त मान्ने हो भने घुमन्ते अर्थात् यायावर जीवन बाँच्ने मानव पूर्णमानव थिएनन् मानवभन्दा केही पहिलेका ‘होमो इरेक्टस’ थिए ‘रामापिथेकस’ अर्थात् वनमान्छे भन्दा एक श्रेणीमाथि । ‘होमो सेपियन्स’ अर्थात् मानवको प्रादुर्भाव हुँदा त उसले खेती गर्न जनिसकेको थियो र यायावर जीवन छोडिसकेको थियो । यहाँ यायावरभन्दा घुमन्ते जातिलाई भन्न खोजिएको होइन जो केही वर्षको अन्तरालमा आफ्नो स्थानले पेट पाल्न छोडेपछि अर्को स्थानमा बसाइँ जाने गर्दथे, आजकल डिभी, पिआर लिएर बसाइँ सरेजस्तै । यायावर त्यो अवस्था थियो जो उपलब्ध खाना खोज्दै खाँदै स्थान परिवर्तन गर्ने गर्दथ्यो ।

कृषि पेशा सबैभन्दा आदिम पेशा हो । विकासवादको सिद्धान्त मान्ने हो भने घुमन्ते अर्थात् यायावर जीवन बाँच्ने मानव पूर्णमानव थिएनन् मानवभन्दा केही पहिलेका ‘होमो इरेक्टस’ थिए ‘रामापिथेकस’ अर्थात् वनमान्छे भन्दा एक श्रेणीमाथि । ‘होमो सेपियन्स’ अर्थात् मानवको प्रादुर्भाव हुँदा त उसले खेती गर्न जनिसकेको थियो र यायावर जीवन छोडिसकेको थियो ।

यो मानवको र भूमिको सम्बन्धको आधार हो । संसारमा जति युद्ध भएका छन् र हुनेछन् सबैको कारण स्त्री र जमिन अर्थात् प्रकृतिक सम्पदा नै हुन् । देशदेशबीचको जमिनको निमित्त हुने युद्ध रोक्न हरेक युगमा अनेकौँ नियम बने, पालन भए अनि मिचिए पनि । तर, एक राष्ट्रभित्र नागरिकहरूमा जमिन झगडाको कारण नहोस् भनेर शासकहरूले अ-आफ्नो मुलुकका आआफ्नो नियम बनाए जो निरन्तर पालन भए । हो बेलाबखत परिमार्जन त भए तर निरन्तरताको साथ । त्यसैले उत्पादनको यो आधारभूत साधनको स्वामित्व हुने र नहुनेबीच एक प्रकारको तीतोपन रहृयो जसलाई राजनीतिकर्मीले हमेशा हतियार बनाए । नेपालमा यसका निमित्त प्रयोग भएको पछिल्लो शब्द हो ‘सामन्ती भूस्वामित्व’ ।

यो मानवको र भूमिको सम्बन्धको आधार हो । संसारमा जति युद्ध भएका छन् र हुनेछन् सबैको कारण स्त्री र जमिन अर्थात् प्रकृतिक सम्पदा नै हुन् । देशदेशबीचको जमिनको निमित्त हुने युद्ध रोक्न हरेक युगमा अनेकौँ नियम बने, पालन भए अनि मिचिए पनि । तर, एक राष्ट्रभित्र नागरिकहरूमा जमिन झगडाको कारण नहोस् भनेर शासकहरूले अ-आफ्नो मुलुकका आआफ्नो नियम बनाए जो निरन्तर पालन भए । हो बेलाबखत परिमार्जन त भए तर निरन्तरताको साथ । त्यसैले नेपालमा यसका निमित्त प्रयोग भएको पछिल्लो शब्द हो ‘सामन्ती भूस्वामित्व’ ।

भूमिको समान र वैज्ञानिक वितरणको चर्को वकालत भइरहेको आजको अवस्थामा एक चपरी भूमि भएका भूस्वमीहरूले जान्न पाउनुपर्ने ज्वलन्त प्रश्न हो सामन्ती भूस्वामीको परिभाषा के हो ? विभिन्न भूमि अधिकारवादी संघसंस्थाहरूले भूमिहीनलाई जग्गा पाउने प्रलोभनमा आन्दोलन गर्न प्रेरित गरेको वर्तमान अवस्थामा सामन्ती भूस्वामीको परिभाषा गर्नु उनीहरूकै दायित्व हुन आउँछ । त्यो परिभाषामा सबैले चित्त बुझाउँछन् कि बुझाउँदैनन् यस कुरामा खुला बहसको आवश्यकता छ ।

विभिन्न अवसरमा सुनेका बहस तथा व्याख्यानले परिभाषा दिनभन्दा अरू दिग्भ्रमित गर्ने गर्दछन् । कसैको मान्यता छ निश्चित क्षेत्रफलभन्दा बढी भूमिको स्वमित्व सामन्ती हो भने कसैको भनाइ छ, आपूmले नजोतेको भूमिको स्वामित्व सामन्ती हो । त्यसभन्दा पर गएर कोही त वायु, प्रकाश, पानीजस्तै भूमि पनि प्राकृतिक सम्पदा हो तसर्थ यो सम्पत्ति होइन । कुनै भूमिमा कुनै किसिमको अधिकार कायम गर्नु सामन्तवाद हो ।

विधिको शासनको परिकल्पना गर्ने हो भने मान्छेनुसारको व्यवहार गर्न पाइँदैन, कामअनुसारको व्यवहार गर्नुपर्ने हुन्छ । सामन्ती भूस्वमित्वको परिभाषा गर्दा आफ्ना पनि पर्लान् भनेर किन्तु परन्तुको सहारा लिने गरिएको प्रष्ट देख्न पाइन्छ । अन्तर्राष्ट्रिय संघसंस्थाको परियोजना चलाएर देशका बहुसंख्यक भूस्वामीले सपनासम्म देख्न डराउनुपर्ने मोलका चिल्ला गाडी प्रयोग गर्ने र महिनाको लाखको आसपास पारिश्रमिक कुम्ल्याउने अधिकारवादीले ती भूस्वामीहरूलाई सामन्ती देख्नु निर्लज्जताको कुन श्रेणीमा पर्छ यो त दैवलाई नै थाहा होला ।

अध्ययन, प्रतिवेदन तथा जागरण कार्यक्रम गरेको भनेर गरिबी निवारणको नाममा उल्लेख्य काम गरेको जसको दावेदार हु“दा एउटा परियोजनामा करोडौं कुम्ल्याएको रन्को छोप्न एक बिघा जमिनको मालिक जीवन निर्वाह गर्न नसकी अन्यत्रै थप मजदुरी गर्न गएकोलाई अनुपस्थिति भूमिपति भनी सामन्तीमा राख्न उनीहरूलाई अति आवश्यक भएको तथ्य जगजाहेर छ । दाताहरूले दिएको गरिबी निवारणको कोष पेजको दशौं हजार खर्च (?) गरेर तयार पारेको प्रतिवेदन, त्यसको प्रस्तुतीकरण समारोहमा दिएको ककटेल डिनर र भत्ताको नाममा आफ्नो गोजीमा परेपछि विवश भूस्वमीहरूको जमिन खोसेर दिने नारा उचाल्दामात्र पच्छ ।

महानगरपालिका, उपमहानगरपालिका र केही नगरपालिकामा घडेरी तथा घर हुने केही भूस्वामीबाहेक मुलुकका सबै भूस्वामी मध्यम वर्गीय हुन् । यसमध्ये त कति यस्ता छन् जसको परिवार त्यो जमिनको उब्जनीले पाल्न सक्दैन । यसको फलस्वरूप उनीहरू कुनै वैकल्पिक रोजगारीको उपाय अपनाउन बाध्य छन् । अन्यथा विस्तरै-विस्तारै आफ्नो भूसम्पत्ति खर्च गरेर सर्वहारा हुनुको विकल्प छैन । यस्ता भूस्वामीहरू जीविकाको अर्को विकल्प खोज्न प्रयत्नरत छन् । यसरी आफ्नो जीवनयापनको दैनिकी कष्टदायक भएकालाई सामन्तीको नाम दिई भएको उसको सानो पुँजीको हरण गर्ने भूमिका तयार गर्नुलाई मध्यमवर्गमाथिको ठूलो आक्रमण हो ।

क्रान्तिकारी भूमिसुधारको चर्को नारा उराल्ने अधिकारकर्मी तथा नेताहरूमा मुलुकका बहुसंख्यक अन्य साना भूमिपतिभन्दा कयौं गुणा सम्पत्ति छ । कसैले आफ्नो व्यक्तिगत सम्पत्ति छैन भनेर घोषणा गरे पनि दशौं बिघा जमिनका मालिकहरूले कल्पनामा मात्र भोग गर्ने सुख सुविधाको भोग गर्दैछन् र भविष्यमा त्यो कायम रहने ग्यारेन्टी उनीहरूलाई छ । हाम्रा वरिपरिका यस्ता नेता वा अधिकारकर्मीको जीवनस्तरमा ध्यानमात्र पु-याए यो सत्यको बोध हुन्छ । यसका निमित्त कुनै विशेष अध्ययनको आवश्यकता छैन । यदि उनीहरू वास्तवमा इमानदारीपूर्वक यो नारा उचाल्दैछन् भने पहिले आफ्नो त्यो वैभवपूर्ण जीवनशैलीको परित्याग गरेर उदाहरण किन बन्दैनन् ? उत्तर स्पष्ट छ, किन्तु परन्तुको ढालले छेकेर आफ्नो त्यो वैभवको सुरक्षा उनीहरूले गर्ने छन् ।

बोल्न नसक्नेलाई बोल्ने, अपाँलाई पहाड पार गर्ने, निसन्तानलाई सन्तान दिने शैलीमा नभएकालाई दिन्छुभन्दा जत्रो पनि भीड जुटाउन सकिन्छ । ज्यादा पाउने लोभ जसलाइ पर्नि हुन्छ यो मानवीय प्रवृत्ति हो । मानव स्वभावको यो कमजोर पाटोको लाभ ठगहरूले लिएको उदाहरण हरेक दिनजस्तै समाचारमा सुन्न पाइन्छ । अर्काको खोसेर दिने वचनले संगठित परेका विचारा भूमिहीनलाई उराल्नेले बुभ्mनै पर्ने कुरा के हो भने उनीहरूको सम्पत्ति भाग लगाउने नारा अर्कोले उचाल्न सक्छ । अहिले जुन मध्यमवर्ग आपूmलाई अपराधीसरह ठानेर टुलुटुलु हेर्न बाध्य छ भोलि भोकले बाध्य भएर खानाको खोजीमा निक्लेमा त्यसको परिणाम के हुन सक्ला ?

कसैले अन्याय अत्याचर गरेको भए वा आपराधिक कार्यबाट सम्पत्ति जोडेको भए त्यसको संरक्षण गरिनु हुँदैन भन्ने कुरामा कसैले दुई मत राख्दैन । तर निश्चित समयावधि तोकी सरकारलाई कर बुझाएमा जसरी कमाएको भए पनि त्यसलाई वैध मान्ने तर कसैको जमिन भए त्यो अवैध मनिने तर्क हाललाई ठीक मान्न बाध्य भए पनि कालान्तरमा त्यो अक्षम्य अपराध ठहरिनेछ । हिजोका सर्वशक्तिमानले आज धुलो चाटे भने आजका शक्तिमान कहिलेसम्म शक्तिमान रहन सक्छन ?

केही लाखको जग्गा बाँझो राख्दा त्यो अनुत्पादक भयो भनेर दण्डनीय हुन्छ भने पचासौं लाखको विदेशी गाडीको सैर कसरी क्षम्य हुन्छ । एउटै गाडीको मोलले चार-पाँचजनालाई प्रत्यक्ष रोजगारी दिनेगरी घरेलु उद्योग गर्न सकिन्छ र त्यसले देशको कूल उत्पादनमा योगदान दिन्छ भनेर किन नसोच्ने ? जग्गा बाँझो राख्नु राष्ट्रप्रति गरेको अपराध हो भने पचासौं लाखको गाडीमा चडेर महिनाको लाखौं पारिश्रमिक राजस्वबाट लिनु चाहिँ के हो ?

सामन्ती भूस्वामित्वको स्पष्ट परिभाषा गरेर त्यही मापदण्डमा अन्य सम्पत्ति वा सुख सयललाई पनि हेर्न आवश्यक भइसकेको छ । आज सम्पूर्ण जनताको चासो यही छ के हो यो सामन्ती भूस्वमित्व ? के सामन्तीपना केवल भूस्वमित्वमा मात्र छ ? सामन्ती भूस्वामी दण्डको भागी भए के अन्य सम्पत्ति र भोगविलास सामन्ती होइन ? यदि सामन्ती हो भने त्यो किन क्षम्य छ ?

More News last news
Loading...