२४ घण्टामा थपिए २७१ संक्रमित ‘सिड्नीमा ओमिक्रोनबाट पहिलो एकको निधन’

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २७१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९१५७ जनाको पिसिआर र १७२९जनाको एन्टिजेन परीक्षण गर्दा २७१ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट १ जना मृत्यु भएको छ । योसँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ८६ पुगेको छ।

Advertisement

सोमबार २२५ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन्। हाल ४९३१ जना सक्रिय संक्रमित रहेका छन्।

अस्ट्रेलियामा ओमिक्रोनबाट पहिलो पटक मृत्यु

अस्ट्रेलियामा कोभिडको नयाँ भाइरस ओमिक्रोनबाट पहिलो पटक एक जनाको मृत्यु भएको छ। न्यु साउद वेल्स राज्यमा ओमिक्रोनबाट एक ८० वर्षीय बृद्धको मृत्यु भएको हो। केयर फेसिलिटीमा संक्रमित उनको उपचारका क्रममा सिड्नीको एक अस्पतालमा मृत्यु भएको हो।

पछिल्लो समयमा अस्ट्रेलियामा कोभिड संक्रमितको संख्या बढेको छ। संक्रमितको संख्या बढे पनि अस्पतालमा भर्ना हुने दर भने घटेको छ। अस्ट्रेलियामा कोभिडका कारण बन्द गरिएका सीमाना दुई वर्षपछि दुई साताअघि खुला गरिएको थियो।

पछिल्लो समयमा ओमिक्रोन संक्रमित बढेसँगै सीमामा पुनः कडाई पार्ने बारेमा आवाज उठेको छ।

More News last news
Loading...