कांग्रेसको प्रदेश २ सभापतिमा देउवा पक्षका कृष्ण यादव विजयी

जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ सभापतिमा कृष्ण यादव विजयी भएका छन् । प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा पक्षबाट चुनाव लडेका उनले रामसरोज यादवलाई हराएका हुन् ।

कूल १८८१ मत खसेकामा कृष्णले ९ सय ९६ मत पाए । रामसरोजले ८ सय ५५ मत मात्र ल्याए । २८ मत बदर भएको छ ।

Advertisement

रामसरोज विमलेन्द्र निधि पक्षका हुन् । उनलाई शेखर कोइराला पक्षले पनि साथ दिएको थियो।  बाँकी पदाधिकारीको मतगणना आजबाट सुरु हुने निर्वाचन समितिले जानकारी दिएको छ।

कांग्रेसको १४औं राष्ट्रिय महाधिवेशन सम्पन्न भइसक्दा प्रदेश २ को अधिवेशन विवादका कारण रोकिएको थियो । बिहीबार मतदान भएको थियो।

More News last news
Loading...