काठमाडौँ । नेपाली कांग्रेसको अल्प संख्यकतर्फको केन्द्रीय सदस्यमा प्रदीप सुनुवार निर्वाचित भएका छन्। सोमबार पार्टी कार्यालयमा सम्पन्न मतगणनामा सुनुवार २ हजार १ सय ७१ मतसहित विजयी भएका हुन्।
उनले टिकाराम लेप्चालाई पराजित गरेका हुन् । लेप्चाले ९८९ मत पाए । सुनुवार सभापति शेरबहादुर देउवा प्यानलका हुन्।
खुलातर्फको महिला केन्द्रीय सदस्यको मगतणना : कसले कति पायो मत ?
नेपाली कांग्रेसको खुलातर्फ महिला केन्द्रीय सदस्यमा मत गणना जारी रहेको छ । पार्टी कार्यालय सानेपामा जारी मतगणनामा सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवारहरुले अग्रता कायम राखेका छन्।
३ हजार ३५० मत गणना हुँदा डिला संग्रौलाले अग्रता बनाएकी छन् । संग्रौला २०७९ मत पाएकी छन् । दोस्रो स्थानमा पुष्पा भुसाल छिन्।
उनले १९७५ मत पाउँदा सभापति देउवा पत्नी आरजु राणा देउवाले १८५० मत पाएकी छन् । ९ जना निर्वाचित हुने समूहमा ३० जना उम्मेदवार रहेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
