२४ घण्टामा थप २८९ संक्रमित कोरोनामुक्त, १८१ मा संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार ४ हजार ८३१ जनामा आरटीपीसीआर र पाँच हजार ४१ जनामा एन्टीजेन परीक्षण गरिएकोमा १८१ जनामा कोरोना पुष्टि भएको हो ।

Advertisement

स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९८ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा २८९ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी सोही अवधिमा एक जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५७३ पुगेको छ ।

यसैगरी देशभर हालसम्म ५ हजार २७१ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

More News last news
Loading...