काठमाडौँ । नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको सुरुवाती मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रतालाई झन् फराकिलो बनाउँदै लगेका छन् ।
कांग्रेस निर्वाचन समितिका अनुसार ९०० मत गन्दा गगन थापाले ६२ प्रतिशतभन्दा बढी मत ल्याएका छन् । कांग्रेस निर्वाचन समितिका अनुसार थापाले ५५९ मत ल्याएका छन् भने विश्वप्रकाश ३५७ मत ल्याएर दोस्रो स्थानमा छन् ।
उनीहरूलाई पछ्याएका प्रदीप पौडेलले ३०० मत ल्याएका छन् भने प्रकाशशरण महतले २९७, मिनेन्द्र रिजालले १५३ र राजाराम कार्कीले ३१ मत पाएका छन् । अहिले पार्टी केन्द्रीय कार्यालयमा महामन्त्रीका उमेद्वारको मतगणना जारी छ ।
महामन्त्रीको मतगणना सकियलगत्तै ८ जना सहमहामन्त्री पदका लागि भएको निर्वाचनको मतगणना हुने नेपाली कांग्रेस निर्वाचन समितिले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
