मध्यरातमा कांग्रेस उपसभापतिमा गच्छदारले झन् बढाए अग्रता, कसको मत कति ?

काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा विजय गच्छदारले पनि अग्रता बढाएका छन् ।

कांग्रेसको दुई सभापतिमा पूर्ण खड्का फराकिलो अग्रता बढाउँदै जिततर्फ अगाडि बढेका छन् भने विजय गच्छदारले पनि अग्रता बढाउँदै लगेका छन् ।

Advertisement

यसअघि ३५५८ मत गन्दा धनराज गुरुङसँग ६ मतको अग्रता कायम गरेका गच्छदारले ३७५८ मत गन्दा २० मतको अग्रता लिएका छन्। गच्छदारले १५३१ मत पाउँदा गुरुङले १५११ मत पाएका छन्।

सबैभन्दा अगाडि रहेका खड्काले १६८८ मत पाएका छन् । चौथो स्थानमा रहेका डा. चन्द्र भन्डारीले १३१७ मत पाएका छन् । केन्द्रीय कार्यालय सानेपामा मतगणना जारी छ ।

अग्रता लिएका उपसभापतिका उमेद्वार खड्का र गच्छदार दुवै सभापतिमा विजयी शेरबहादुर देउवा समुहका उमेद्वार हुन् ।

More News last news
Loading...