चिसो मौसममा खाली पेटमा खानैपर्ने ६ खानेकुरा

काठमाडौँ । चिसो मौसममा हाम्रो शरीरको पाचन प्रक्रिया सुस्त हुन्छ। पानी कम पिउने कारण शरीर पनि सुख्खा हुन्छ। यस्तो अवस्थामा बिरामी हुने सम्भावना बढी हुन्छ।

स्वास्थ्य विशेषज्ञका अनुसार चिसोमा केही खानेकुरा खाली पेटमा खाने गर्नुपर्छ। यसले विभिन्न रोगहरूलाई कम गराउँछ। जसले दिनभर उर्जावान बनाउँछ। त्यसैले चिसो मौसममा नियमित रुपमा खाली पेटमा यी खानेकुरा सेवन गर्नुपर्छ।

Advertisement

मेवा
मेवा हाम्रो स्वास्थ्यका लागि राम्रो मानिन्छ। यसले पेटसम्बन्धी धेरै रोगहरु निको गर्छ। खाली पेटमा मेवा खानु उचित मानिन्छ। मेवा हरेक मौसम र स्थानमा पाइन्छ।

यसलाई हामी सजिल्यै हाम्रो बिहानको खाजामा प्रयोग गर्न सक्छौँ। यसले कालेस्ट्रोल कम गर्छ। मुटुसम्बन्धी रोगहरु पनि टाढा राख्न भने तौल पनि नियन्त्रणमा राख्छ।

मनतातो पानीसँग मह
चिसो मौसममा हरेक बिहान खाली पेटमा मनतातो पानी र मह मिसाएर पिउने गर्नुपर्छ। महमा मिनरल्स, भिटामिन, फ्लेवोनोइड्स र एन्जाइम हुने भएकाले पेट सफा राख्छ। मनतातो पानीमा मह मिसाएर पिउँदा पेटको सबै विषाक्त पदार्थहरु बाहिर निस्किन्छ । यसका साथै तौल कम गर्न पनि मद्दत मिल्छ।

ओटमिल
ओटमिलभन्दा राम्रो बिहानको खाजामा अरु कुनै पनि हुँदैन। यदि तपाईं क्यालोरी र पोषक तत्व भरपुर भएको खानेकुरा खान चाहानुहुन्छ भने ओटमिल खाने गर्नुपर्छ।

विषाक्ता पदार्थ बाहिर निकाल्न पनि यसले मद्दत गर्छ। यसले पेटलाई सफा राख्छ। ओटमिल खाँदा धेरै लामो समयसम्म भोक लाग्दैन। र तौल पनि नियन्त्रणमा रहन्छ।

भिजाएको बदाम
बदाममा म्यागाजिन, भिटामिन ई, प्रोटिन, फाइबर, ओमेगा–३ र ओमेगा–६ फ्याटी एसिड पाइन्छ। बदामलाई सधैं राति भिजाएर राख्ने र बिहान खाने गर्नुपर्छ। बदामको बोक्रामा ट्यानिन हुन्छ।

जसले पोषक तत्वहरुको अवशोषणलाई रोक्छ। बदाम भिजाएर खाँदा सजिल्यै बोक्रा निस्किन्छ भने यसले शरीरलाई तातो पनि राख्छ।

भिजाएको ओखर
बदामजस्तै ओखर पनि भिजाएर खाँदा फाइदाजनक हुन्छ। दिनको सुरुवातमा भिजाएको ओखर खाँदा पोषक तत्व प्राप्त हुन्छ। २ देखि ५ वटा भिजाएको ओखर बिहान खाने गर्दा स्वास्थ्यलाई धेरै फाइदा पुग्छ।

ड्राई फ्रुट्स
किशमिश, बदाम, पिस्ता आदि ड्राई फ्रुट्स खाँदा पेट सफा रहन्छ भने यसले स्वस्थ रहन पनि मद्दत गर्छ।

More News last news
Loading...