कांग्रेसको मतदान सकियो, १२ बजेपछि सभापतिको मतगणना थालिने

काठमाडौँ । नेपाली कांग्रसको जारी महाधिवेशन अन्तर्गत आज भएको मतदानको मतगणना आजै मध्य रातबाट सुरु गर्ने तयारी गरिएको छ।

११ बजे मतदान सकिएसँगै मुचुल्का लगायतको प्राविधिक काम सकिएसँगै मत खसालिएका ट्यांकीलाई खन्याएर मत गणना गर्ने जनाइएको छ।

Advertisement

मतदान सकिएपछि प्राधिविक विषयहरु मिलाएर मध्यरात १२ बजेसम्मबाट मतगणना सुरु गर्न लागिएको कांग्रेस निर्वाचन समितिका सदस्य जेट रावलले जानकारी दिए । उनका अनुसार राष्ट्रिय सभागृहमा ४ ठाउँमा ड्रम खन्याएर मतगणना गर्ने तयारी गरिएको छ ।

आज सभापतिको मात्र मतगणना हुने छ। सभापतितर्फ १२ वटा ड्रममा मत खसालिएको छ।

राष्ट्रिय सभागृहमा ३५ मत खसेन : कांग्रेसको महाधिवेशनमा जारी मतदानमा राष्ट्रियसभा गृह तर्फ पनि मतदान सकिएको छ ।

राष्ट्रियसभा गृहमा ३५ मत नखसेको जनाइएको छ । इजरायल, साउदी, दुबई, कतार, क्यानडाबाट प्रतिनिधि न आउँदा कम मत खसेको जनाइएको छ । नेता रामचन्द्र पौडेल पनि मतदानमा सहभागी भएनन् ।

More News last news
Loading...