सहमति बिनै सकियो पौडेल समूहको बैठक, अझै छान्न सकेन् उम्मेद्वार

काठमाडौँ । नेपाली काँग्रेसको रामचन्द्र पौडेल पक्षको बैठक बिना निष्कर्ष सकिएको छ। शुक्रबार अबेरसम्म राजधानीको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको बैठक सभापतिको साझा उम्मेदवार तय गर्न असफल भएको हो।

सहमतिको प्रयास स्वरूप पार्टी महाधिवेशनको बन्दसत्र समेत छाडेर छलफलमा जुटेको पौडेल समूहमा सभापतिका आकाङ्क्षी प्रकाशमान सिंह र शेखर कोइरालाले आफ्नो दाबेदारीमा अडान कायमै राखेपछि सहमति हुन नसकेको हो।

Advertisement

आफ्नो नाममा सहमति हुन नसक्ने भएपछि सभापतिका आकाङ्क्षी प्रकाशमान सिंह बैठक सकिनुअघि नै अनुपम फुडल्याण्डबाट हिँडेका थिए।

उनले आफ्नो नाममा सहमति गर्न प्रस्ताव गरे पनि बैठकमा सहमति जुटेको थिएन भने अन्य नेताको नाममा छलफल हुन थालेपछि बाहिरिएको एक नेताले बताए।

उनले आफूले सभापतिमा उम्मेदवारी दिने अडानबाट पछि नहट्ने बताउँदै आएका छन्। उनी बाहिर आएपछि शेखरले पनि आफू कुनै हालतमा पछि नहट्ने अड्डी लिएका थिए।

त्यसपछि शनिबार फेरि एकपटक छलफल गर्ने भनेर बैठक टुङ्ग्याइएको स्रोतले जनाएको छ। शनिबार काँग्रेसको निर्वाचन सुरु हुँदै गर्दा पौडेलले उम्मेदवार टुङ्ग्याउन नसकेको हो।

More News last news
Loading...