पछिल्लो २४ घण्टामा देशभर थपिए ५५७ संक्रमित, ८७७ निको

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ७ हजार ६२५ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ५५७ जनामा संक्रमण पुष्टि भएको हो।

Advertisement

मन्त्रालयका अनुसार ६ हजार ६१ जनाको पीसीआर परीक्षण गर्दा ५२२ र १ हजार ५६४ जनाको एन्टीजेन परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको हो।

आज देशभर ८७७ संक्रमित निको भएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको छ।

देशभर १० हजार २०१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर २२० जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

More News last news
Loading...