काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर सात सय ६४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। पीसीआर र एन्टिजेन गरी १० हजार ६ सय ८८ जनाको नमुना परीक्षण गर्दा सात सय ६४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
आज थपिएकासहित पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख नौ सय ९७ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९२ हजार आठ सय ३९ जनामा सङ्क्रमण पुष्टि भएको छ।
यस्तै पछिल्लो २४ घण्टामा एक हजार ३३ सहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ७४ हजार एक सय ७३ पुगेको छ ।
यही अवधिमा थप १० जना सङ्क्रमितको ज्यान गएसँगै नेपालमा अहिलेसम्म ११ हजार दुई सय १० जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् ।
अहिले १५ हजार ६ सय १४ जना सक्रिय सङ्क्रमित रहेकामा तीन सय १३ जनाको आईसीयू र एक सय १३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
