एमाले नेता भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं । नेकपा (एमाले) का नेता भानुभक्त जोशी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

बिहीवार पार्टीको स्थायी कमिटीको सातौं बैठकमा जोशी एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

Advertisement

पार्टी विभाजनपछि नेकपा एमालेबाट नेकपा एकीकृत समाजवादीमा जाने जोशी सबैभन्दा प्रभावशाली नेता पनि मानिन्छन् ।

उनलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुले स्वागत गरेका थिए । एकीकृत समाजवादीमा प्रवेश गर्नुअघि जोशीले एमाले केन्द्रीय सदस्यबाट राजीनामा दिएको पत्र वाचन थरेका थ्एि ।

उनले पार्टीको विवाद समाधानका लागि भएको १० बुँदे सहमति र अन्तरपार्टी निर्देशनको पालना नभएकाले एमाले छोड्नु परेको बताएका छन् ।

More News last news
Loading...