काठमाडौं । कोरोना भाइरसका ६ सय ७९ संक्रमित थपिएका छन्। आज (आइतबार) १० हजार ९ सय २० जनाको परीक्षण गर्दा ६ दशमलव २२ प्रतिशतमा संक्रमण देखिएको हो।
तर ७ हजार ७० जनाको पीसीआर परीक्षण गर्दा भने ८.१२ अर्थात् ५ सय ७४ जना संक्रमित पाइएका हुन्।
थपिएकामा काठमाडौंका दुई सय २२, मोरङ्गका ६२, कास्कीका ४६, रुपन्देहीका २५, ललितपुरका २० तथा भक्तपुरका १३ जना हुन्। आइतबार १४ सय ५ जना संक्रमणमुक्त भएका छन् ।
थप ७ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाबाट नेपालमा ११ हजार १ सय ६४ जनाको मृत्यु भइसकेको छ।
हाल सक्रिय संक्रमितको संख्या १६ हजार ८ सय ४ रहेको छ। अहिलेसम्म ६३ लाख ५२ हजार ३ सय २२ जनाले कोरोना भाइरसविरुद्धको पूर्ण डोज खोप लगाएका छन् । पहिलो डोज खोप लगाउनेको संख्या ७७ लाख १६ हजार ९ सय ८५ रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
