कलंकीसहित काठमाडौँका सबै तह र वडामा १८ वर्षमाथिका सबैलाई कोभिड बिरुद्धको खोप दिन शुरु

काठमाडौं । काठमाडौं जिल्लामा आजबाट १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिइने भएको छ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार तीन दिनसम्म चल्ने खोप कार्यक्रममा १८ वर्षमाथिका सबै नागरिकलाई AstraZeneca को पहिलो डोज दिइनेछ।

Advertisement

खोप प्रदान गर्न काठमाडौंका ११ वटै पालिका र सात अस्पतालमा केन्द्र तोकिएको छ। खोप लिनेले अनिवार्य अनलाइन फारम भर्नुपर्ने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ।

काठमाडौंका विर अस्पताल, शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसुती गृह, विरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल पानीपोखरी र सशष्त्र प्रहरी अस्पताल बलम्बुमा खोप केन्द्र तोकिएको छ।

यसैगरी, काठमाडौँ १४ कलंकी क्षेत्रमा पनि आजबाट एस्ट्राजेनेका खोप लगाउन थालिएको छ । १८ वर्ष उमेर पुगेका नागरिकलाई काठमाडौँ १४ को वडा कार्यलय भुवनेश्वर मन्दिर र कुलेश्वर आवास क्लिनिकमा एस्ट्राजेनेका को पहिलो खोप लगाउन थालिएको हो । यो अभियान बुधबारसम्म जारी हुने वडाध्यक्ष शोभा सापकोटाले नयाँ पुस्तालाई बताइन् ।

More News last news
Loading...