काठमाडौँ । नेपाली काँग्रेसको काठमाडौंमा शनिवार हुने भनिएको गाउँ तथा नगरपालिकाहरूको अधिवेशन स्थगित भएको छ।
शुक्रबार बसेको काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले शनिबार ६४ जिल्लामा गाउँ तथा नगरपालिका अधिवेशन गर्ने निर्णय गरेको थियो।
तर, नेपाली काँग्रेस जिल्ला निर्वाचन समिति काठमाडौंले असोज १६ गतेका लागि अधिवेशनको मिति तोकेको हो।
काठमाडौंमा तयारी नपुगेका कारण शनिबारका लागि तोकिएको अधिवेशन १६ असोजमा सारिएको जिल्ला निर्वाचन समितिले जनाएको छ।
काँग्रेसले २१ वटा हिमाली जिल्लामा दशैंअघि नै जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ। यस्तै ५६ जिल्लामा दशैँपछि प्रदेश, प्रतिनिधिसभा र जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
