काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६२९ पीसीआर परीक्षणमा ९४१ र ३ हजार ६१४ एन्टिजेन परीक्षणमा २९८ जना गरी १ हजार २३९ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा १ हजार ३२४ जना संक्रमणमुक्त भएका छन् भने १३ जनाको मृत्यु भएको छ। हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २० हजार ७४३ रहेको छ।
जसमध्ये १९ हजार ४३७ जना होम आइसोलेसनमा र १,३०६ जना संस्थागत आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ३४० जना आईसीयूमा उपचाररत छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौँमा २४५, ललितपुरमा १०७, झापामा ८६, मोरङमा ५६, भक्तपुरमा ५२ र कास्कीमा ४७ जना संक्रमित भेटिएाका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
