काठमाडौँ । नेपाली काँग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक आज पनि बस्दै छ।
बैठक अहिले दिउँसो ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्ने छ।
बैठकमा मन्त्रिपरिषद् विस्तार र पार्टीको १४औँ महाधिवेशनका विषयमा छलफल हुने बताइएको छ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बैठकमा आफ्नो समूहले पाउने मन्त्रालयको संख्या माग गर्ने र भागबन्डा टुंगो लगाउन दबाब दिने तयारी गरेको बताइएको छ।
कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी नेताहरूले हिजो पनि छलफल गरेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
