काठमाडौँ । नेपाली काँग्रेसका नेता गगन थापाले आफ्नै पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले दुई महिनामै निराश बनाएको टिप्पणी गरेका छन्।
बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकारहरुसँग नेता थापाले काँग्रेस कार्यकर्ताले सरकारको प्रतिरक्षा गर्न सक्ने अवस्था नभएको बरु खुम्चिनुपर्ने अवस्था आएको टिप्पणी गरे।
पार्टीभित्रै एकलौटी गरेको आरोपबाट घेरिनुभएका देउवाले सरकार गठन भएको दुई महिनासम्म मन्त्रिपरिषदलाई पूर्णता दिन नसक्दा आलोचना चुलिएको हो।
गर्नुपर्ने काम नगर्ने र नगर्नुपर्ने गर्दा प्रतिरक्षा गर्ने अवस्था नभएको भन्दै नेता थापाले पत्रकारहरुसँग भने, ‘म काँग्रेसको कार्यकर्ता, मेरो सरकारले भनेर कामको रक्षा गर्न सक्ने अवस्था छैन। हामी सबै खुम्चिनु परेको छ। मन्त्रिमण्डलको पूर्णता किन नगरेको भन्ने कुरालाई किन्तु परन्तु भनेर प्रतिरक्षा गर्नै सक्दिँन । कतिपय नगर्नुपर्ने काम भएका छन्, गर्नुपर्ने काम भएको छैन। समयमा गर्नुपर्ने काम भएको छैन। मसँग उत्तर नै छैन।’
अहिलेको सरकारको सफलता र असफलतासँग काँग्रेसको चुनावी भविष्यसमेत जोडिएको भन्दै उनले थपे, ‘यो सरकारको सफलतासँग काँग्रेसको चुनावी सफलता जोडिएको छ। अब ओली सरकारले गरेका काम कारबाही हाम्रा एजेण्डा बन्दैन। त्यसलाई जनताले बिर्सिसके।’
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
