नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार नाघ्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार ११ जनाको मृत्यु भएको जनाएसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २ पुगेको छ।

Advertisement

बिहीबार १५ सय ११ संक्रमित थपिएका छन् । जसमा ११ हजार २ सय ८ पीसीआर परीक्षणबाट १० दशमलव ४० प्रतिशत अर्थात् ११ सय ६५ संक्रमित थपिएका हुन्।

थपिएकामा काठमाडौंका २ सय ९३, मोरङ्गका १ सय २०, ललितपुरका ९८, कास्कीका ९३ तथा भक्तपुरका ३९ जना हुन् । बिहीबार १६ सय ८९ जना संक्रमितलाई निको भएको छ।

हाल २५ हजार ७ सय ७२ जना सक्रिय संक्रमित रहेका छन् । अहिलेसम्म कोरोना विरुद्धको १ करोड १५ लाख ३० हजार ३ सय ४५ डोज खोप लगाइएको छ। जसमा ५४ लाख ७३ हजार १ सय ५१ जनाले पूर्ण खोप लगाएका छन्।

More News last news
Loading...