एयरपोर्टबाट उड्न ठिक्क परेका २ जनाले लगेजमा के लुकाएका थिए ? तत्काल परे पक्राउ

काठमाडौं । त्रिभुवन विमानस्थलको आन्तरिक उडान कक्षवाट दुई जना यात्रु विराटनगर जाँदै थिए । उनीहरु विमान चढ्नका लागि लगेज जाँच गर्दै थिए । प्रहरीलाई शंका लाग्यो । चेकजाँच गर्दा प्रहरीले तीन किलोभन्दा बढी सुन फेला पार्यो । यस्तो घटना पछि उनीहरु पक्राउ परेका छन् ।

श्री एयरलाइन्सको विमानबाट विराटनगर जान लागेका दुई पुरुषको लजेग चेक गर्दा तीन किलो ३६० ग्राम सुनका गरगहना फेला परेको हो। पक्राउ पर्नेमा धनुषा घर भएका ४७ वर्षीय मुरारीराज अधिकारी र कैलालीका २९ वर्षीय बोधराज भण्डारी रहेका छन्।

Advertisement

उनीहरुले सुन कसरी ल्याएको हो भन्ने कारण देखाउन नसकेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यसरी ठूलो परिमाणमा सुन लगेको देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । विमानस्थलका सुरक्षा प्रमुख राजेश बाँस्तोलाले घटनाको अनुसन्धान सुरु गरिएको जनाएका छन् ।

उनीहरुले न्यूरोडको इशा ज्वलर्सबाट सुन किनेको भन्ने बिल देखाएका थिए। बिलमा २ करोड २४ लाख रुपैयाँ भन्दाबढीमा किनिएको देखिएको छ। प्रहरीले एक साताअघि झापाका २६ वर्षीय अमिर लगुन विश्वकर्मा र मोरङका २६ वर्षीय बुद्धिमान खातीलाई चार किलो सुनसहित बाँकेबाट पक्राउ गरेको थियो।

उनीहरुले लगाएको जुत्ताबाट सुन फेला पारेको थियो। उनीहरु दिउँसो २ बजेतिर श्री एयरलाइन्सको विमान चढेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानबाट नेपालगन्ज पुगेका थिए। उनीहरुले पनि सुन किनेको बिल देखाएका थिए।

विमानस्थलबाटै अवैध सुन एक ठाउँबाट अर्को ठाउँमा लगिएको सूचना बाहिरिएकपछि प्रहरीले सुरक्षा बढाएको थियो। त्यसै कारणले उनीहरु पनि कडा निगरानीमा परेका थिए।

More News last news
Loading...