नेपालमा थप १ हजार ४८६ जनामा कोरोना पुष्टि, १६ को ज्यान गयो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५३२ पीसीआर परीक्षणमा ११४९ जना र ४००७ एन्टिजेन परीक्षणमा ३७ जना गरी १४८६ जनामा संक्रमण पुष्टि भएको हो।

Advertisement

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १२६० रहेको छ र संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ।

हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६३० रहेको छ। जसमध्ये २४ हजार ९५८ जना होम आइसोलेसनमा र १६७२ जना संस्थागत आइसोलेसनमा छन्।

यस्तै १० वर्षमुनिका २३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ९६ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौँमा ३०१, झापामा १२०, मोरङमा ११४, कास्कीमा ९६, सुनसरीमा ८२, चितवनमा ८१, ललितपुरमा ६८, भक्तपुरमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै रुपन्देहीमा ४१, नुवाकोटमा २२, नवलपरासी पुर्वमा १९, स्याङजामा १५ र मकवानपुरमा १० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

More News last news
Loading...