सभामुखको आह्वानमा आज सर्वदलीय बैठक बस्दै, होला सहमति ?

काठमाडौँ । संसदमा जारी गतिरोत अन्त्य गर्न सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक (आज) सोमबार दिउँसो बस्दैछ।

प्रमुख प्रतिपक्षी एमालेले लगातार संसदमा अवरोध गर्न थालेपछि आइतबारको बैठक कार्यसूचीमा प्रवेश नै नगरी मंगलबारसम्मका लागि स्थगित भएको थियो ।

Advertisement

सभामुख सापकोटाले त्यसअघि नै विवाद समाधान गर्न चाहेका हुन् । सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार बैठक सोमबार दिउँसो साढे २ बजे ल्होत्से हलमा बस्नेछ ।

छलफलमा प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर तथा जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल र राप्रपाका राजेन्द्र लिंदेनलाई आमन्त्रण गरिएको छ।

संसदको नवौँ अधिवेशन २३ भदौबाट सुरु भएको हो।

प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर पार्टी फुटाएको र सभामुख अग्नी प्रसाद सापकोटाले त्यसलाई मलजल गरेको, सभामुख भए पनि माओवादीको मत्तियार भएको, एमालेले कारवाही गरेका १४ सांसद्लाई कारवाही नगरेर राजनीति गरेको भन्दै प्रमूख प्रतिपक्षी दल नेकपा (एमाले) ले संसद्मा हंगामा गर्दै आएको छ ।

आज उनै सभामुखले बोलाएको बैठकमा एमाले लगायतका दलहरु सहभागी भएपनि तत्कालै सहमति जुट्नेमा भने आशंका छ ।

More News last news
Loading...