काठमाडौँ । चार दिने नेपाल भ्रमणमा अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोली काठमाडौं आईपुगेको छ।
उक्त टोली कतार एअरवेजमार्फत विहान ९ः२५ बजे काठमाडौं ओर्लिएको हो।
अहिले नक्सालस्थित मेरियट होटलमा रहेको उक्त टोलीले सबैभन्दा पहिले प्रमुख विपक्षी दल एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रम तय भएको बताईएको छ।
मेरिट होटलमा केहीबेर आराम गरेपछि टोली साढे १२ बजे कमलादीस्थित अमेरिकी राजदूतको निवास “कमलकुन्ज” जाने कार्यक्रम रहेको छ।
राजदूतसँग केहीबेर भेटपछि एमसीसी उपाध्यक्ष सुमार र राजदूत रेण्डी बेरीको टोलीले एमाले अध्यक्ष ओलीसँग बालकोटमा भेटघाटको तयारी रहेको स्रोतले जनाएको छ।
ओलीसँगको भेटघाटको निम्ति १ घण्टाको समय छुट्याइएको छ। बालकोटको छलफल र भेटघाटपछि सुमार टोली साढे २ बजे लञ्चका लागि होटल याक एण्ड यति पुग्नेछ। त्यहाँसमेत भेट्घाट कार्यक्रमल निरन्तरता पाउँने जनाईएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
