एकीकृत समाजवादीमा कायम गर्न माग गर्दै एमालेका २ सांसद सर्वोच्चमा 

काठमाडौं । नेकपा (एमाले)का दुई सांसदले आफूहरुलाई नेकपा एकीकृत समाजवादीको सांसद कायम गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले बुधबार सर्वोच्च पुगेर आफूहरुलाई एकीकृत समाजवादीमा कायम गर्न माग गर्दै रिट दायर गरेका हुन्।

Advertisement

उनीहरुले रिटमा आफूहरुले समयमा नै एकीकृत समाजवादी रोजे पनि निर्वाचन आयोगले सनाखत नगरिदिएको भन्दै एकीकृत समाजवादी दल कायम गर्न अन्तरिम आदेश माग गरेका छन्।

उनीहरुले अभिलेखमा आफूहरु एमाले सांसद रहेको भन्दै एमालेले गर्न सक्ने कारबाही रोक्न पनि अन्तरिम आदेश माग गरेका छन्।

एकीकृत समाजवादीमा आफूहरुलाई सनाखत गर्न पुगेका दुवै सांसदलाई पहिले दिएको निवेदनमा नाम नरहेको भन्दै आयोगले सनाखत गर्न अस्वीकार गरेको थियो।

More News last news
Loading...