काठमाडौँ । नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजारभन्दा तल झरेको छ।
पछिल्लो २४ घण्टामा दुई हजार एक सय ६१ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या २९ हजार चार सय ७९ जनामा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
अहिलेसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ३३ हजार एक सय ६१ पुगेको छ । यस्तै गम्भीर बिरामीको सङ्ख्यामा पनि कमी आएको छ। अहिले चार सय ८८ जनाको आईसीयू र एक सय ४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
यस्तै २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १३ हजार चार सय ५५ जनाको नमुना परीक्षण गर्दा एक हजार ६ सय ४० जनामा सङ्क्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये १२ दशमलव १८ प्रतिशतमा सङ्क्रमण देखिएको छ। आज थपिएकासँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ५९ हजार पाँच सय ३५ पुगेको छ।
यही अवधिमा थप १० जनाले ज्यान गुमाएसँगै सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार आठ सय ८९ पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
