काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभा बैठकमा राजनीतिक दल सम्बन्धी अध्यादेश पेश गरेका छन्।
नेकपा (एमाले) ले आफूले कारबाही गरेका १४ सांसदलाई सभामुखले मान्यता नदिएको विरोधमा बुधबार प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ। तर एमालेको अवरोधका बीच सभामुखले गृहमन्त्री बालकृष्ण खाँडलाई अध्यादेश पेश गर्न अनुमति दिएका थिए ।
एमालेको अवरोधका कारण अघिल्ला दुईवटा बैठक सभामुख अग्निप्रसाद सापकोटाले स्थगित गरेका थिए । तेस्रो बैठकको सुरुमा नै एमाले सांसदको अवरोध र नाराबाजी छल्दै गृहमन्त्री खाँड रोष्टममा पुगेर अध्यादेश पेश गरेका हुन् ।
बुधबार प्रतिनिधि सभाको तेस्रो पटकको बैठकमा एमाले सांसदले नाराबाजी नछोडेपछि तेस्रो बैठक शुरु भएसँगै सभामुख अग्निप्रसाद सापकोटाले अध्यादेश पेश गर्न अनुमति दिएका थिए ।
एमाले सांसदले होहल्ला र नाराबाजी गरिरहेकै समयमा गृहमन्त्री खाणले अध्यादेश पेश गरे । अध्यादेश पेश भएसँगै सभामुख सापकोटाले बैठक २५ गतेसम्मका लागि स्थगित गरेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
