काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको संसदीय दलको बैठक बस्दै छ । बुधबार बिहान ९ बजे नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बैठक बस्ने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
संघीय संसदको बैठक बुधबार दिउँसो ४ बजे बोलाइएकाले त्यसअगावै संसदीय दलको बैठक डाकिएको हो ।
बैठकमा संसदमा कसरी प्रस्तुत हुने लगायतका विषयमा छलफल हुने छ। एमालेले संसदमा सभामुखप्रति कठोरसँग प्रस्तुुत हुने संकेत गरेको छ । आजको संसद बैठक संचालन गर्न नदिने एमालेको रणनीति छ।
एकीकृत समाजवादीको पनि बैठक बस्दै
यसै संसद्को नयाँ दल नेकपा (एकीकृत समाजवादी) ले पनि संसदीय दलको बैठक बोलाएको छ। बुधबारदेखि सुरु हुने दुवै संसद्को बैठकमा पार्टीले संसद् सञ्चालनसम्बन्धी रणनीति बनाउन बैठक बोलाएको हो।
नयाँ दलका रूपमा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पहिलो पटक संसद बैठकमा सहभागी हुन लागेको हो । प्रतिनिधिसभामा एकीकृत समाजवादी चौथो ठूलो दलका रुपमा रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
