एमसीसी पास हुँदैन, अमेरिकालाई कुटनीतिक नोट पठाएका छौँ : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी पास नहुने बताएका छन्।

मंगलबार  पार्टीको सहायक संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) को केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमसीसी पास नहुने बताएका हुन्।

Advertisement

उनले एमसीसी पास नगर्ने विषयमा आफूहरुले अमेरिकालाई कुटनीतिक नोट पठाइसकेको जानकारी दिए। राष्ट्र र राष्ट्रियतामाथि प्रश्न उठ्ने कुरामा माओवादी केन्द्रले सहमति नजनाउने भन्दै प्रचण्डले एमसीसी पास नहुने कुरामा ढुक्क हुन आग्रह गरे।

प्रचण्डले भने, ‘एमसीसी पास हुँदैन। किनभने हामीले यसबारे अमेरिकालाई कुटनीतिक नोट पठाएका छौँ, त्यसको जवाफ आएन।’

जवाफ नआएपछि एमसीसी पास हुने कुरा हुँदैन। तपाईंहरु ढुक्क हुनुस् राष्ट्र र राष्ट्रियतामाथि प्रश्न उठ्ने कुरामा माओवादी केन्द्रले सहमति जनाउँदैन।

More News last news
Loading...