काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ६०९ जनाको पीसीआर परीक्षणमा १ हजार ४८८ र ४ हजार ३७० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४०९ जनामा कोरोना पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ७४३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ। निको हुने दर ९४.६ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ।
यसैगरी, पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ६०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४१८ जना, भक्तपुरमा १०१ जना र ललितपुरमा ८७ जना कोरोना संक्रमित थपिएका हुन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
