यी ११ जिल्लामा आज काँग्रेसको वडा अधिवेशन शुरु, ३८ जिल्लामा सम्पन्न

काठमाडौँ । नेपाली काँग्रेसको वडा अधिवेशन आज ११ जिल्लामा शुरु भएको छ । भदौ १८ गते विभिनन कारणले रोकिएका ११ जिल्लामा वडा अधिवेशन आज सुरु भएको हो । हिजो र अस्ती पनि कतिपय जिल्लामा वडा अधिवेशन भएका छन्।

काँग्रेसको नगर अधिवेशन भदौ २७ गतेका लागि तय भएकाले २६ गतेसम्ममा वडा अधिवेशन सम्पन्न गर्न निर्वाचन समितिले व्यवस्था गरेको छ। सोही व्यवस्था अनुसार आज भदौ २१ गते सुनसरी, नुवाकोट, धादिङ, चितवन, ललितपुर, पाल्पा, बागलुङ, नवलपुर, सल्यान, मुगु र बैतडीमा वडा अधिवेशन शुरु भएको हो ।

Advertisement

त्यसैगरी, भोली भदौ २२ गते गुल्मी, रोल्पा, प्युठान, कालीकोट र दार्चुला तथा भदौ २३ गते रुकुुमपूर्व र रुकुमपश्चिममा अधिवेशन हुन लागेको निर्वाचन समितिले जनाएको छ।

क्रियाशील सदस्यता नामावली प्रकाशन हुन बाँकी २१ जिल्लाको नामावली भने क्रमशः प्रकाशित हुँदै जाने र यही भदौ २७ गते निर्धारित गाउँ–नगरपालिका अधिवेशनसम्म सबै जिल्लामा वडाको अधिवेशन सम्पन्न गर्ने योजना रहेको पार्टी कार्यालयले जनाएको छ ।

३८ जिल्लामा वडा अधिवेशन सम्पन्न

क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लामध्ये अहिलेसम्म ३८ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ। सत्तारुढ दल नेपाली काँग्रेसको चौधौं केन्द्रीय महाधिवेशनको लागि भदौ १८ गते ३५ जिल्लाहरुमा वडा अधिवेशन शुरू भएको थियो ।

भदौ १९ गते झापा र मुस्ताङ गरी दुई जिल्लामा र भदौ २० गते आइतबार दाङ जिल्लामा गरी हालसम्म जम्मा ३८ जिल्लाहरुको वडा अधिवेशन सम्पन्न भएको नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवले बताए ।

More News last news
Loading...