काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को महामन्त्रीमा सुनसरीका कपिलेश्वर यादव नियुक्त भएका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवाले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमको संगठन संरचना समायोजनका सन्दर्भमा यादवलाई आइतबार नेविसंघको महामन्त्रीमा नियुक्त गरेका हुन्।
उपसभापति विजयकुमार गच्छदारको सिफारिसमा यादव महामन्त्री नियुक्त भएका हुन् । उनी यसअघि नैनसिंह महरको कार्यकालमा पनि महामन्त्री नियुक्त भएका थिए।
यादवसँगै नेविसंघमा महामन्त्रीको संख्या आठ पुगेको छ । देउवाले १६ माघ, ०७६ मा ६ महिनाभित्र अधिवेशन गराउने गरी राजीव ढुंगानाको अध्यक्षतामा तदर्थ समिति गठन गरेका थिए । तर, ढुंगाना नेतृत्वको समितिले करिब दुई वर्ष पुग्न लाग्दा पनि अधिवेशन गराउन सकेको छैन।
ढुंगाना नेतृत्वको कार्यसमितिमा तुलसा पन्त र मुक्तिराज पौडेल उपसभापति छन् भने त्यस्तै, मनोज वैद्य, बलदेव तिम्सिना, युवराज पाण्डे, दिपक भट्टराई, उर्मिला थपलिया, प्रभात दाहाल र महेश्वरी कुँवर महामन्त्री छन्।
सहमहामन्त्री र अन्य पदमा नेताहरुबीच भागबन्डा नमिल्दा मनोनीत हुन सकेको छैन।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
