देशभर आज १,५३४ जना कोरोना संक्रमणमुक्त, २० को ज्यान गयो

उपत्यकामा थप ४५३ जनामा कोरोना पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ५ हजार १७० जनाको पीसीआर परीक्षणमा ९७६ र २ हजार ८०१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ११३ जनामा कोरोना पुष्टि भएको छ।

Advertisement

पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ५३४ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ। निको हुने दर ९४.५ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ।

उपत्यकामा थप ४५३ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४५३ जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ८८, भक्तपुरमा ६७ र ललितपुरमा ९८ गरी ४५३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै काठमाडौँ उपत्यकामा ७ हजार पाँच सय ८९ जना सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौँ जिल्लामा ४ हजार १९८, ललितपुरमा २ हजार ७५ र भक्तपुरमा १ हजार ३१६ सक्रिय संक्रमित छन्।

More News last news
Loading...