भीम रावलको किटानीः ‘सन् १९५० को सन्धि र एमसीसी उस्तै, अमेरिकी सेना आउँछ’

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता लगू गरिए अमेरिकी सेना नेपाल भित्रने किटानी गरेका छन् ।

एमाले अछामका काठमाडौंस्थित कार्यकर्तासँगको अन्तरक्रियामा उक्त सम्झौंतालाई नेपाल–भारत सन्धि सन् १९५० सँग तुलना गर्दै नेपाली भूमि भारतीय कब्जामा गए जस्तै एमसीसी सम्झौताले नेपाल अमेरिकाको अधीन रहनुपर्ने दावी गरे।

Advertisement

सम्झौताका विभिन्न धारामा नेपालको स्वतन्त्रता र स्वाधीनतामाथि आँच आउने कुरा भएको भन्दै नेपाल सरकारले प्रसारण लाइनमा मर्मत गर्न पर्दा गर्न नसक्ने र एमसीसीकै अनुमति लिनुपर्ने व्यवस्था रहेको उल्लेख गरे ।

सम्झौतामा अमेरिकी कानुन मान्नुपर्ने उल्लेख गरिएको भन्दै नेता रावलले भविष्यमा अमेरिकाले सेना नेपाल पठाउने कानुन बनाए त्यो पनि मान्नुपर्ने र त्यहीँ कानुनको बलमा अमेरिकी सेना नेपाल आउने ठोकुवा गरे ।

सम्झौतामा भारतसँग सहमति लिनुपर्ने भन्दै राखिएको प्रावधानमा आपत्ति जनाउँदै प्रश्न गर्नुभयो, ‘भारत र अमेरिका मिलेर नेपालमा दाइँ गर्ने कुरा देशभक्त नेपालीलाई स्वीकार्य हुन्छ रु के नेपाल विदेशीको उपकरण हो ?’

एमसीसीभित्र थुप्रै गोप्य सम्झौंता भएको दावी गर्दै रावलले कार्यान्वयन सम्झौता अझ खतरनाक रहेको टिप्पणी गरे।

More News last news
Loading...