सभापतिमा साझा उम्मेदवार तय गर्ने पौडेल समूहको निर्णय

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आसन्न १४औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार खोज्ने बताएको छ।

सभापतिका आकांक्षीहरुबीच सहमति हुन नसकेपछि नेताहरुले पत्रकार सम्मेलन गरेर सभापतिका उम्मेदवार साझा रूपमा चयन गर्ने बताएका हुन् ।

Advertisement

बिहीवार पार्टी कार्यालय, सानेपामा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले एकता महाधिवेशन अटुट रहेन बताए।

उनले भने, ‘पार्टी बचाउन हामी एक भएर अगाडि बढ्छौं। हाम्रो एकता महाधिवेशनसम्मै अटुट रहन्छ।’

यता सभापति देउवा टिममा रहेका उपसभापति विमलेन्द्र निधि, नेता गोपालमान श्रेष्ठले पनि सभापतिमा उम्मेद्वारी घोषणा गरिसकेका छन् भने नेता कृष्ण सिटौलाले पनि सभापतिमा उम्मेद्वारी दिने तयारी गरेका छन् ।

More News last news
Loading...