पछिल्लो २४ घण्टामा थपिए २०५२ कोरोना संक्रमित, २० को ज्यान गयो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार ६१२ जनाको पीसीआर परीक्षणमा १ हजार ६४८ र ४ हजार ३२३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४०४ जनामा कोरोना पुष्टि भएको छ।

Advertisement

पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ३ हजार ३० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ।

हालसम्म देशभर ६ लाख ६८ हजार ७५१ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। संक्रमितमध्ये ९ हजार ५९२ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ६ लाख ३३ हजार ३३२ जना संक्रमित निको भएका छन् ।

१ करोड ९२ हजार बढीले लगाए कोरोना विरुद्धको खोप

यस्तै, नेपालमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या १ करोड नाघेको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार १ करोड ९२ हजार १६४ जनाले कोरोना विरुद्धको खोप लगाएका हुन्।

जसमध्ये ५४ लाख २४ हजार ८३६ जना अर्थात १८ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेका छन् भने ४६ लाख ६७ हजार ३२८ जना अर्थात १५ प्रतिशतले पूर्ण खोप लगाएका छन्।

 

More News last news
Loading...