कैलाली । सुदूरपश्चिम प्रदेशमा नेकपा (एमाले)का १० जना सांसदले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) दल रोजेका छन् । यसले माउ पार्टी एमाललेलाई झन् ठुलो झड्का दिएको छ ।
१० जनाले आज मङ्गलवार निर्वाचन आयोगको प्रादेशिक कार्यालयमा गएर सनाखत गरेको र तीन जनाले आजको कार्यालय समय सकिएका कारण सनाखत गर्न नपाएको प्रदेश सभा सदस्य दुर्गाकुमारी कामीले बताइन् ।
तीन जना कञ्चनपुरबाट आउने क्रममा साढे चार बजिसकेकाले उनीहरूले भोलि सनाखत गर्ने कामीले बताइन् ।
सुदूरपश्चिममा एमालेका सभामुखबाहेक २४ जना सांसद रहेकामा १३ जना एकीकृत समाजवादीमा प्रवेश गरेपछि माधव नेपाल पक्ष बहुमतमा पुग्ने भएको छ। बागमतीमा १२ जना सांसद् गुमाएको एमालेले सुदुरपश्चिममा बहुमत संख्या गुमाएको हो ।
गत ९ गते विधिवत रुपमा दुई टुक्रा भएको एमालेका सांसद्ले २१ दिन भित्रमा दुई दलमध्ये एक रोज्न पाउने निर्वाचन आयोगले सुविधा दिएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
