पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण पुष्टि हुने भन्दा निको हुने धेरै

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण पुष्टि हुने भन्दा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या बढी भएको छ।

यसअघि गएको शुक्रवार, शनिवार र आइतवार पनि थपिने भन्दा सङ्क्रमण निको हुनेको सङ्ख्या धेरै थियो।

Advertisement

पछिल्लो २४ घण्टामा एक हजार सात सय ८६ जना निको भएका छन्। अहिलेसम्म नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख १६ हजार तीन सय ६ पुगेको छ।

यस्तै थप एक हजार ६ सय ६४ जना नयाँ सङ्क्रमित थपिएका छन्। पीसीआर र एन्टिजेन गरी १२ हजार दुई सय २२ जनाको नमुना परीक्षण गर्दा १६ सय ६४ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

२४ घण्टामा नमुना परीक्षण गरिएकामध्ये १३ दशमलव ६१ प्रतिशतमा सङ्क्रमण देखिएको छ। अहिलेसम्म नेपालमा आठ लाख ४६ हजार एक सय ५२ जनामा सङ्क्रमण पुष्टि भएको छ।

यस्तै, यही अवधिमा थप २० जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार सात सय ५० पुगेको छ।

More News last news
Loading...