ओलीलाई ईश्वरको टक्कर, अध्यक्षमा उठ्ने घोषणा

काठमाडौँ । नेकपा एमाले महासचिव ईश्वर पोखरेलले पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

सोमबार पत्रकारसँगको भेटघाटमा पोखरेलले १० औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

Advertisement

एमालेमा अध्यक्ष केपी ओलीबाहेक अरु कसैले पनि नेतृत्वमा दाबी नगरेको बेला पोखरेलले उम्मेदवारी दिने घोषणा गरेका हुन्।

१० देखि १३ मंसिरसम्म काठमाडौँमा महाधिवेशनमा पोखरेलले आफू दुई पटक महासचिव भइसकेको र तेस्रोपटक हुन विधानले नदिने भएकाले अबको स्टेप अध्यक्ष नै भएको बताए।

आफू अध्यक्षमा लड्न योग्य भएको र पार्टी पंक्तिको भावनाअनुसार नेतृत्व लिन अग्रसर हुने पोखरेलको दाबी छ।

More News last news
Loading...